२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको स्पष्ट पारेका छन्। उनले पार्टी कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रममा भण्डारीको सदस्यता कायम वा नहुनेबारे केन्द्रीय कमिटीले स्पष्ट निर्णय गर्नुपर्ने बताएका छन्।

ओलीले भण्डारी राष्ट्रपति भएपछि पार्टी सदस्यता त्यागेको र नवीकरण वा नयाँ सदस्यताको लागि निवेदन पनि नदिएको बताए। उनले भने, “कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन। उहाँले बाहिरबाहिर बोल्नुभएको छ, तर पार्टीमा आएर निवेदन दिनुभएको छैन।”

कार्यक्रमअन्तर्गत, आमजनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित अन्य नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गराएका छन्। आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाकी पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू पनि पार्टीमा आबद्ध भएका छन्।

ओलीले प्रवेश कार्यक्रमको अवसरमा पार्टी एकता र सक्रियता बढाउने उद्देश्यलाई प्राथमिकता दिएको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय