२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता एमालेले नखोसेको स्पष्ट पारेका छन्। उनले पार्टी कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रममा भण्डारीको सदस्यता कायम वा नहुनेबारे केन्द्रीय कमिटीले स्पष्ट निर्णय गर्नुपर्ने बताएका छन्।

ओलीले भण्डारी राष्ट्रपति भएपछि पार्टी सदस्यता त्यागेको र नवीकरण वा नयाँ सदस्यताको लागि निवेदन पनि नदिएको बताए। उनले भने, “कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन। उहाँले बाहिरबाहिर बोल्नुभएको छ, तर पार्टीमा आएर निवेदन दिनुभएको छैन।”

कार्यक्रमअन्तर्गत, आमजनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित अन्य नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गराएका छन्। आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाकी पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू पनि पार्टीमा आबद्ध भएका छन्।

ओलीले प्रवेश कार्यक्रमको अवसरमा पार्टी एकता र सक्रियता बढाउने उद्देश्यलाई प्राथमिकता दिएको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय