२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइको काम गराउँदा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन दर्ता गरेको छ।

आयोगले रु ३८ करोड ६७ लाखभन्दा बढी बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले २०८१ मंसिर १३ गतेको फैसलामा केही प्रतिवादीलाई आंशिक दोषी ठहर गर्दै सजाय तोकेको थियो भने केहीलाई सफाइ दिएको थियो।

सो फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियारले २०८२ साउन ८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। आयोगले प्रतिवादीहरूमाथि कैद, जरिवाना, विगो असुल तथा सम्बन्धित कानुनी दफाअनुसार थप सजायको माग गरेको छ।

आयोगको विज्ञप्तिमा पूर्वसचिव अर्यालसहितका प्रतिवादीहरूले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराएको भन्दै दोषीहरूबाट हालसम्म भुक्तानी भएको रकम असुल गर्नुपर्ने उल्लेख गरिएको छ। साथै भ्रष्टाचार निवारण ऐनका विभिन्न दफाअनुसार थप कारबाहीको माग सर्वोच्चमा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय