२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन्।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले केही नेताले आफू बिना देश नै अस्तव्यस्त हुने जस्तो देखाउने प्रवृत्तिमाथि प्रहार गरे। रिजालले भने, “नेपालमा केही नेताहरू भन्छन्— म राजनीति छोडेँ भने देश गर्ल्यामगुर्लुम हुन्छ। आखिर के बोकेको छ र? पृथ्वी नै बोकेको हो कि?”

उनको टिप्पणी केही दिनअघि प्रचण्डले गरेको भनाइप्रति प्रतिक्रिया थियो। प्रचण्डले आफू पदबाट हटेमा देश अस्तव्यस्त हुने संकेत गरेका थिए।

रिजालले यस्तो सोचलाई लोकतन्त्रमा अनुचित मानसिकता भन्दै आलोचना गरे। उनले भने, “राजनीतिमा पुस्तान्तरण भन्ने कुरा हुँदैन। जसले सक्छ, उसैले नेतृत्व गर्छ। पुस्तान्तरण त राजतन्त्रमा मात्रै हुन्छ।”

नेपाली कांग्रेसकै सन्दर्भमा उनले आत्मालोचना गर्दै भने, “धुलो, तुवाँलो लागेको छ, त्यो पुछ्नुपर्छ।”

रिजालको वक्तव्यले प्रचण्डको “देश म बिना चल्दैन” भन्ने शैलीमाथि व्यंग्य मात्र होइन, नेतृत्वमा अड्किएको प्रवृत्तिमाथि पनि प्रहार गरेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय