२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेपालको संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाउन सरकारले तयारी थालेको छ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

२०७२ साल असोज ३ गते जनता निर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको संविधान जारी भएको थियो। संविधान जारी भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ। यस वर्ष संविधान घोषणाको दसौँ वर्ष पुगेकाले कार्यक्रमलाई भव्य रूपमा मनाइने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र मात्र नभई विदेशस्थित नेपाली दूतावास तथा नियोगमार्फत पनि विविध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो। यस अवसरमा दीपावली, झाँकी, प्रदर्शनी, राष्ट्रिय गान, राष्ट्रभक्तिपूर्ण संगीत महोत्सव (National Day Concert) लगायतका कार्यक्रम हुनेछन्।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, विभिन्न सचिव, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन्। बैठकले दिवस सफल बनाउन विषयगत उपसमिति पनि गठन गरेको छ।

संविधान दिवसको मूल समारोह असोज ३ गते टुँडिखेलस्थित सैनिक मञ्चमा सर्वसाधारणको उपस्थिति बीच आयोजना गरिनेछ। यस्तै प्रदेश र स्थानीय तहमा समेत समानान्तर कार्यक्रम हुनेछन्। साथै संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, यसको महत्व, र संविधानमा समावेश विचारबारे विशेष संवाद, परिसंवाद, सन्देशमूलक नाटक लगायत कार्यक्रम मञ्चन गरिने प्रस्ताव गरिएको छ।

रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संविधान दिवस सम्बन्धी विशेष कार्यक्रम प्रसारण गर्ने तयारीसमेत गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय