२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको निरन्तर प्रभाव रहेकोले वर्षाको गतिविधि बढेको देखिएको छ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य धेरै स्थानमा आंशिक बदली देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा, तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले सोमबार दिनभर देशभर साधारणतया बदली रहने जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका केही पहाडी भाग र तराईका थोरै स्थानहरूमा समेत वर्षा हुने पूर्वानुमान गरिएको छ।

विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने चेतावनी दिइएको छ।

यस्तो अवस्थामा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय