२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वलाई लक्षित गर्दै भक्तजनका लागि विशेष व्यवस्था मिलाएको छ।

कोषले व्रतालु महिलाहरूलाई सहज दर्शन गराउन मन्दिरको बाहिरी क्षेत्रमा चार लाइन र भित्री क्षेत्रमा आठ लाइन तोकिएको जनाएको छ। सोमबारदेखि सुरु हुने तीज पर्वमा भक्तजनले एकदेखि डेढ घण्टाभित्र दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

उनका अनुसार तीजमा बाहिरी क्षेत्रमा मात्र स्वयंसेवक खटाइने छन्। साथै, भक्तजनलाई चर्को घाममा लामो समय लाइनमा बस्नुपर्ने अवस्थाबाट जोगाउन विशेष तयारी गरिएको हो।

कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिने जानकारी दिए। साथै, पत्रकारहरूलाई समाचार सङ्कलनका लागि सूचना विभाग वा सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा मुख्य क्षेत्रसम्म जान दिइने व्यवस्था मिलाइएको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले बताए।

कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार यस वर्षको तीज पर्वमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक र पार्किङ, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको समेत विशेष व्यवस्था गरिएको छ।

यस वर्ष तीज सोमबार दर खाने दिनसँगै सुरु हुँदैछ। मंगलबार व्रतालु महिलाले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्नेछन्। बुधबार गणेश चौथी र अन्तिम दिन बिहीबार सप्तऋषि तथा अरुन्धती पूजासहित तीज पर्व समापन हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय