२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

वीरगञ्ज महानगरमा हैजा सङ्क्रमित हुनेको संख्या बढ्दै गएको छ। सोमबारसम्म ९३ जनामा हैजाको पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

आइतबारसम्म ७१ जना सङ्क्रमित फेला परेका थिए भने सोमबार थप २२ जना नयाँ केस पुष्टि भएका हुन्। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।

नारायणी अस्पतालमा आरडिटी परीक्षणमार्फत ३२ जनामा कलेरा पुष्टि भएको छ। त्यसैगरी तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना सङ्क्रमित भेटिएका छन्। अर्ली अर्थाे अस्पतालमा दुई जना बिरामी देखिएका छन् भने नारायणी सेन्ट्रल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा र सर्वोत्तम अस्पतालमा एक/एक जना हैजाका बिरामी भेटिएका छन्।

अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ३४४ जना झाडापखाला र हैजाका बिरामी पुगेका छन्। जसमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियुमा र १२२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य निकायले जनाएको छ।

महानगरमा संघ, प्रदेश र स्थानीय तहले रोकथाम तथा नियन्त्रणका प्रयास गर्दै आए पनि सङ्क्रमण घट्ने कुनै लक्षण देखिएको छैन। स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानी, सरसफाइमा ध्यान दिन र आवश्यक परेको खण्डमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय