२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

उच्च अदालत पाटनले नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापामाथि लगाएको फुटबल गतिविधिमा प्रतिबन्ध खारेज गरेको छ। अदालतले एउटै विषयमा दोहोरिएर सजाय दिन नमिल्ने भन्दै एन्फाको निर्णय असंवैधानिक भएको ठहर गरेको हो।

एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ गते र सदाचार समितिले वैशाख १६ गते विधानको धारा २४(३) ङ बमोजिम थापालाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन रोक लगाउने निर्णय गरेका थिए। तर, उच्च अदालतका न्यायाधीश मुनिन्द्रराज अवस्थीले दिएको फैसलामा थापाले पहिले नै फिफाको कारवाही भोगिसकेको हुँदा सोही विषयमा पुनः कारवाही गर्न नमिल्ने स्पष्ट गरिएको छ।

फैसलामा भनिएको छ, “एउटै विषयमा पटक–पटक सजाय दिन नमिल्ने न्यायको सिद्धान्त छ। निवेदक गणेश थापा फिफाद्वारा कारवाही भोगिसकेको अवस्थामा एन्फाले फेरि कारवाही गर्ने आधार छैन।” अदालतले एन्फालाई थापालाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन रोक्ने काम नगर्न र नगराउन आदेश दिएको छ।

यसअघि पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत एन्फाले गत वैशाख २६ गतेको साधारण सभामा थापालाई प्रवेश गर्न नदिएको थियो। त्यसपछि थापाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। तर, सो रिट उच्च अदालतले खारेज गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय