२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उच्च अदालत पाटनले नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापामाथि लगाएको फुटबल गतिविधिमा प्रतिबन्ध खारेज गरेको छ। अदालतले एउटै विषयमा दोहोरिएर सजाय दिन नमिल्ने भन्दै एन्फाको निर्णय असंवैधानिक भएको ठहर गरेको हो।

एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ गते र सदाचार समितिले वैशाख १६ गते विधानको धारा २४(३) ङ बमोजिम थापालाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन रोक लगाउने निर्णय गरेका थिए। तर, उच्च अदालतका न्यायाधीश मुनिन्द्रराज अवस्थीले दिएको फैसलामा थापाले पहिले नै फिफाको कारवाही भोगिसकेको हुँदा सोही विषयमा पुनः कारवाही गर्न नमिल्ने स्पष्ट गरिएको छ।

फैसलामा भनिएको छ, “एउटै विषयमा पटक–पटक सजाय दिन नमिल्ने न्यायको सिद्धान्त छ। निवेदक गणेश थापा फिफाद्वारा कारवाही भोगिसकेको अवस्थामा एन्फाले फेरि कारवाही गर्ने आधार छैन।” अदालतले एन्फालाई थापालाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन रोक्ने काम नगर्न र नगराउन आदेश दिएको छ।

यसअघि पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश विपरीत एन्फाले गत वैशाख २६ गतेको साधारण सभामा थापालाई प्रवेश गर्न नदिएको थियो। त्यसपछि थापाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। तर, सो रिट उच्च अदालतले खारेज गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय