२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध दर्ता भएको साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै पाँडे विरुद्ध जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा बुधबार पाँडे आफैं साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका थिए।

ब्युरोले उपस्थित भएसँगै अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। प्रारम्भिक तयारीअनुसार बुधबार नै पाँडेलाई म्याद थप्ने योजना बनाइए पनि समय अभावका कारण म्याद थप्ने प्रक्रिया बिहीबार मात्रै हुने भएको प्रवक्ता अवस्थीले जानकारी दिए।

पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय