२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणसम्बन्धी जानकारी संसदलाई दिनेछन्।

प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्दै छन्। उनी त्यहाँ हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन जाने कार्यक्रम छ। चीन भ्रमणका क्रममा ओलीले नेपाल–भारत–चीनबीचको सीमासम्बन्धी विषय विशेष गरी हालै भारत र चीनबीच भएको लिपुलेकबारेको सहमति, त्यसप्रति नेपालको धारणा र आगामी रणनीति संसदमा स्पष्ट गर्ने तयारी गरेको बताइएको छ।

प्रधानमन्त्रीको सम्बोधनले नेपालले सीमा विवादप्रति लिनुपर्ने आधिकारिक नीतिगत दृष्टिकोण स्पष्ट पार्ने अपेक्षा गरिएको छ। साथै, आगामी कूटनीतिक पहल र नेपालका पक्षमा हुने सम्भावित रणनीतिक कदमबारे पनि संसदलाई जानकारी दिने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय