२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

काठमाडौँको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको ज्यान गएको छ।

काठमाडौँ महानगरपालिका–३२ जडिबुटी आकाशेपुल नजिकै शुक्रबार बिहान दुर्घटना भएको हो। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर रोकिराखेको बा.प्र.०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि ठोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।

दुर्घटनामा स्कुटर चालक नवलपरासी सुनौल नगरपालिका घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रे पाँचखान नगरपालिका–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।

गम्भीर घाइते दुवै जनालाई तत्कालै उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवै सवारी साधन कोटेश्वर ट्राफिक प्रहरीको नियन्त्रणमा छन्। बस चालक दोलखा घर भई हाल काँडाघारी बस्ने २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय