
वीरगञ्ज । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वीरगञ्जमा भव्य स्वागत गरिएको छ । उनी उद्योग वाणिज्य संघले आयोजना गरेको बीआइसीसीआई बृहत महिला सम्मेलन–२०८२ मा सहभागी हुन वीरगञ्ज पुगेकी हुन्।
उनको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उपमेयर भोला अधिकारी, अध्यक्ष त्रिलोक शाह र वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा लगायतका नेताहरू उपस्थित थिए।
कार्यक्रमस्थलमा पुगेपछि एमाले कार्यकर्ताहरूले भण्डारीलाई ५१ किलो तौलको माला लगाइदिएर सम्मान गरेका थिए। सम्मेलनमा सहभागी भई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।