२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत भएको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६औँ बैठकले उक्त परियोजनाको अनुमतिपत्र मस्यौदा पारित गरेको हो।

बैठकले अनुमतिपत्र जारी गर्ने जिम्मेवारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ। साथै, संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत परियोजनाको मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णयसमेत गरिएको छ।

त्यस्तै, बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा दर्ता भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजनासम्बन्धी प्रस्तावक कम्पनीसँग समझदारी गर्दै सर्वेक्षण अनुमतिपत्र दिने अधिकार पनि प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरिएको छ।

यससँगै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लगानी बोर्डको कार्यालयमा विभिन्न सेवा, समूह तथा श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय