२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत भएको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६औँ बैठकले उक्त परियोजनाको अनुमतिपत्र मस्यौदा पारित गरेको हो।

बैठकले अनुमतिपत्र जारी गर्ने जिम्मेवारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई दिने निर्णय गरेको छ। साथै, संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत परियोजनाको मस्यौदा स्वीकृत गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णयसमेत गरिएको छ।

त्यस्तै, बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावका रुपमा दर्ता भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजनासम्बन्धी प्रस्तावक कम्पनीसँग समझदारी गर्दै सर्वेक्षण अनुमतिपत्र दिने अधिकार पनि प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरिएको छ।

यससँगै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लगानी बोर्डको कार्यालयमा विभिन्न सेवा, समूह तथा श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय