२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

लुना लुइँटेलले यस वर्षको मिस नेपाल २०२५ को उपाधि जितेकी छन्। शनिबार गोदावरीस्थित सनराइज हलमा सम्पन्न ग्रान्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

प्रतिस्पर्धाको क्रममा आत्मविश्वास, बौद्धिक क्षमता, प्रस्तुति र सामाजिक दृष्टिकोणका आधारमा निर्णायकहरूले लुइँटेललाई विजेता घोषित गरेका हुन्। उपाधि जितेसँगै उनले नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्नेछिन्।

यसै अवसरमा, उरुशा भण्डारी मिस नेपाल इन्टरनेशनल बनेकी छन् भने सोनी घलेले मिस नेपाल अर्थ को ताज पहिरिन सफल भइन्।

कार्यक्रममा कलाकार, मोडल, पूर्व मिस नेपाल, फेशन डिजाइनर र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। भव्य मंच सजावट, सांगीतिक प्रस्तुति र उत्साहपूर्ण वातावरणबीच विजेताहरूलाई ताज लगाइएकामा उपस्थितले ताली र जयकाराले साथ दिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय