२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयको विरोधमा तीन दिने सत्याग्रह सुरु गरेका छन्। उनले भदौ १५ गतेदेखि कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज परिसरबाट सत्याग्रह थालेका हुन्।

आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले नेता–माफियाको हितमा गरिएको निर्णयले शिक्षाको गुणस्तर खस्काउने र आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्ने आरोप लगाए। उनका अनुसार, त्रिवि मेडिकल अध्ययन संस्थानजस्ता सरकारी संस्थान आधारभूत पूर्वाधार अभावका कारण सीमित विद्यार्थी पढाउन सक्ने अवस्थामा रहेका बेला पर्याप्त पूर्वाधार र बिरामी चाप नभएका निजी कलेजलाई उल्टै बढी सिट दिने निर्णय दुर्भाग्यपूर्ण छ।

सत्याग्रहमार्फत डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्न, गेटा मेडिकल कलेजको शिक्षण अस्पताल तथा शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्।

त्यसैगरी, अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधान तत्काल कार्यान्वयन गर्नुपर्ने मागसमेत उनले राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय