२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई संसदीय अंक गणित भित्र सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकार ठूला दुई दलको इतिहास, योगदान र भविष्यको साझेदारीमा बनेको हुनाले यो सहकार्य आगामी २०८४ को निर्वाचनसम्म कायम रहने दाबी पनि गरे। “अहिलेको सरकारले राजनीतिक स्थिरताको सुनिश्चित गरेको छ, अब फेरि सरकार कहिले बदलिन्छ भन्ने आशंका र द्विविधाबाट निस्केका छौं,” उनले भने।

अर्थमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी दिँदै सबै नीति, कार्यक्रम र बजेटमार्फत आवश्यक कदम चालिने बताए। “पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन, गर्ने सबै काम गर्छ,” उनले भने। उनले व्यवसाय प्रवद्र्धनका लागि ट्याक्स छुटको सट्टा प्रभावकारी प्रस्ताव सरकारमा पेश गर्न सुझाव पनि दिएका छन्।

उनको भनाइ अनुसार, पर्यटन क्षेत्र सरकारका प्राथमिकतामध्ये एक हो र यसलाई प्रवद्र्धन गर्न आवश्यक सबै पहल गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय