२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई संसदीय अंक गणित भित्र सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकार ठूला दुई दलको इतिहास, योगदान र भविष्यको साझेदारीमा बनेको हुनाले यो सहकार्य आगामी २०८४ को निर्वाचनसम्म कायम रहने दाबी पनि गरे। “अहिलेको सरकारले राजनीतिक स्थिरताको सुनिश्चित गरेको छ, अब फेरि सरकार कहिले बदलिन्छ भन्ने आशंका र द्विविधाबाट निस्केका छौं,” उनले भने।

अर्थमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी दिँदै सबै नीति, कार्यक्रम र बजेटमार्फत आवश्यक कदम चालिने बताए। “पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन, गर्ने सबै काम गर्छ,” उनले भने। उनले व्यवसाय प्रवद्र्धनका लागि ट्याक्स छुटको सट्टा प्रभावकारी प्रस्ताव सरकारमा पेश गर्न सुझाव पनि दिएका छन्।

उनको भनाइ अनुसार, पर्यटन क्षेत्र सरकारका प्राथमिकतामध्ये एक हो र यसलाई प्रवद्र्धन गर्न आवश्यक सबै पहल गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय