२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

राजसंस्था पुनःस्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले डा. धवलशम्शेर राणालाई कार्यवाहक संयोजक तोकेको छ।

समितिका संयोजक नवराज सुवेदी पारिवारिक कारणले केही समयका लागि छोरोसहित अष्ट्रेलिया जान लागेकाले उनले राप्रपाका महामन्त्रीसमेत रहेका डा. राणालाई कार्यभार दिएका हुन्। सुवेदीले विज्ञप्ति जारी गर्दै आफ्नो अनुपस्थितिमा समितिको सम्पूर्ण जिम्मेवारी र आन्दोलन सञ्चालनको अख्तियारी डा. राणालाई दिएको उल्लेख गरेका छन्।

संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि निरन्तर आन्दोलन गर्दै आएको छ। समितिले हालै राजधानीमा आयोजित विभिन्न विरोध कार्यक्रममार्फत आफ्नो मागलाई सार्वजनिक दाबाब बनाइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय