२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

बिपी राजमार्गमा सोमबार रातिदेखि थप १५ दिनसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मनसुन सक्रिय रहँदा जोखिमपूर्ण खण्डमा बाढी तथा पहिरोको सम्भावित खतरा देखिएपछि जिल्लाको सुरक्षा समितिले यो निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक र निजी सवारीसाधन सञ्चालनमा रोक हुनेछ। रोकिएको खण्ड काभ्रेभञ्ज्याङदेखि सिन्धुली–नेपालथोकसम्मको ८४ किलोमिटर सडक क्षेत्रलाई समेट्छ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो। यस वर्ष पनि त्यही खण्डमा जोखिम बढेसँगै यातायात रोक्ने निर्णय गरिएको हो।

सवारीसाधन चालक तथा यात्रुहरुलाई सतर्क रहन र निर्धारित मार्ग तथा समयमा मात्र यात्रा गर्न सार्वजनिक अपिल गरिएको छ।

यसैबीच, कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण गर्न चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको पनि जानकारी दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय