२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा सामाजिक सञ्जालमा भाइरल भएको ‘ढोका ढकढक्याउने’ प्र्याङ्क (डोर किकिङ) गर्दा १० वर्षीय बालक गम्भीर घाइते भएका छन्। बालक आफ्ना साथीहरूसँग छिमेकीको ढोका ढकढकाएर भाग्ने क्रममा घरधनीले गोली चलाउँदा घाइते भएको प्रहरीले जनाएको छ।

ह्युस्टन प्रहरीले घटना शनिबार राति करिब १०:५५ बजे भएको जानकारी दिएको छ। बालकको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको बताइएको छ। प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ, यद्यपि अहिलेसम्म कुनै आरोप तोकिएको छैन।

घटनापछि प्रहरीले ‘डोअर किकिङ’ वा ‘डिङ डङ डिट्च’ नामक प्र्याङ्क (ठट्टा)का बारेमा चेतावनी जारी गरेको छ। प्रहरीका अनुसार यस्ता प्र्याङ्कहरू सामाजिक सञ्जालमा टिकटक वा अन्य प्लेटफर्मका लागि गरिन्छन्, तर घरधनीहरूले यसलाई घर तोडफोड गर्ने प्रयासको रूपमा बुझेर आत्मरक्षाका लागि गोली चलाउन सक्छन्।

अमेरिकामा यस्ता घटनाहरू पहिलोपटक नभएको प्रहरीले जनाएको छ। गत जुलाईमा टेक्ससको फ्रिस्कोमा पनि यस्तै प्र्याङ्क गर्दा घरधनीले गाडीमा गोली चलाएका थिए। एरिजोनाको चन्डलर शहरमा एउटै घरमा १८ पटकसम्म यस्ता प्र्याङ्क भएपछि परिवारले घर नै छोड्नुपरेको घटना पनि दर्ज छ।

ह्युस्टन प्रहरीले अभिभावकहरूलाई आफ्ना बच्चा कहाँ छन्, कोसँग छन् र के गर्दैछन् भन्ने बारे सचेत रहन आग्रह गरेको छ। उनीहरूले यस्ता प्र्याङ्कहरूले “आपराधिक क्षति, अव्यवस्थित आचरण वा दुर्व्यवहार” जस्ता गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय