२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुपन्देही–३ को आसन्न प्रतिनिधिसभा उपनिर्वाचनलाई ऐतिहासिक महत्वको हुने सम्भावना रहेको बताएका छन्। उनले नयाँ र वैकल्पिक शक्तिहरूले साझा उम्मेदवार उठाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

भट्टराईका अनुसार जनतामा परम्परागत दलप्रति रहेको निराशा र आक्रोशलाई सकारात्मक विजयमा परिणत गर्न वैकल्पिक शक्तिहरूले एकताबद्ध ढंगले अघि बढ्नुपर्छ। उनले भने, “नयाँ र वैकल्पिक शक्तिहरूका नेताहरूले एक्लाएक्लै डम्फू बजाउने होइन, साझा उम्मेदवारमार्फत जनताको भावनाको कदर गर्नुपर्छ।”

उनको भनाइमा, यो निर्वाचन केवल उपनिर्वाचन मात्र नभई आगामी २०८४ को आमनिर्वाचनको प्रारम्भिक अभ्यासका रूपमा पनि महत्वपूर्ण हुनेछ।

रुपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुँदैछ। नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ, जसमा पार्टी महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसाल पनि छन्। भुसाल यस क्षेत्रबाट २०७४ सालमा नेकपा (एमाले) तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रुपन्देही–३ उपनिर्वाचनमा प्रमुख दल र वैकल्पिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय