
मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले गरेका २४ निर्णय सार्वजनिक भएका छन्। निर्णयहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृतिदेखि लिएर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुका लागि अस्थायी दरबन्दी स्वीकृतिसम्मका विषय समेटिएका छन्।
बैठकले आयोगहरूमा काम गर्ने गरी अधिकृतस्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। यस्तै, झापा निवासी अधिवक्ता कुमारी दाहाललाई श्रम अदालतको सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणका लागि स्वीकृति दिइएको छ। अन्य निर्णयहरूमा मन्त्रालयगत कार्यक्रम र कर्मचारी सरुवा–बढुवा सम्बन्धी कार्यसमेत समावेश छन्।
सरकारले सार्वजनिक गरेका २४ निर्णयलाई आगामी दिनमा सम्बन्धित निकायमार्फत कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।