२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले गरेका २४ निर्णय सार्वजनिक भएका छन्। निर्णयहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्वीकृतिदेखि लिएर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुका लागि अस्थायी दरबन्दी स्वीकृतिसम्मका विषय समेटिएका छन्।

बैठकले आयोगहरूमा काम गर्ने गरी अधिकृतस्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। यस्तै, झापा निवासी अधिवक्ता कुमारी दाहाललाई श्रम अदालतको सदस्यमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणका लागि स्वीकृति दिइएको छ। अन्य निर्णयहरूमा मन्त्रालयगत कार्यक्रम र कर्मचारी सरुवा–बढुवा सम्बन्धी कार्यसमेत समावेश छन्।

सरकारले सार्वजनिक गरेका २४ निर्णयलाई आगामी दिनमा सम्बन्धित निकायमार्फत कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय