२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको आसाम प्रदेशविरुद्धको टी–२० अभ्यास सिरिज उपाधि जित्न सफल भएको छ। सोमबार गुवाहटीमा सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई ४४ रनले पराजित गर्दै सिरिज ३–२ ले आफ्नो पक्षमा पार्यो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०८ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि सन्दीप जोराले शानदार ६४ रन बनाउँदै उच्च योगदान दिए भने शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोडे। बलिङतर्फ आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले समान दुई–दुई विकेट लिए।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रनमै रोकियो। आसामका भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५–२५ रन योगदान दिए। नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान दुई–दुई विकेट हात पारे भने बसिर अहमदले एक विकेट लिए।

यसअघि सिरिजको पहिलो र दोस्रो खेल नेपालले क्रमशः १५ र ९६ रनले जितेको थियो। तर तेस्रो खेलमा नौ रन र चौथो खेलमा १८ रनले पराजित भएपछि सिरिज २–२ बराबरीमा पुगेको थियो। अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले उपाधि आफ्नो बनाएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय