२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव |

अध्यागमन विभागले ‘भिजिट भिसा’मा नेपाल आउने विदेशी पर्यटकको दर्ता र अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ। यसका लागि विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज सार्वजनिक गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नयाँ प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्ने, अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास लिइएको छ। “यसबाट नेपालमा बस्ने विदेशीको गतिविधि व्यवस्थित अभिलेखमा रहनेछ,” उनले भने।

असोज १ देखि अनिवार्य

विभागका अनुसार पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा यो प्रणाली लागू हुनेछ। दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, ट्राभल एजेन्सी र मनी एक्सचेन्जमा लागू गरिनेछ।

सरोकारवालासँग छलफल

नयाँ प्रणालीबारे विभागले होटल संघ नेपाललगायत सरोकारवालासँग हालै छलफल गरेको छ। संघका अनुसार यसबारे लामो समयदेखि बहस भए पनि कार्यान्वयन ढिला भएको थियो। संघले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।

विभागले प्रणालीमा दर्ता हुने तरिका र ‘म्यानुअल’ आफ्नो वेबसाइटमा राखेको छ। साथै, थप जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ। ७७ वटै जिल्लाका अनुगमन समितिलाई पनि यसबारे पत्राचार गरिसकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय