२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अध्यागमन विभागले ‘भिजिट भिसा’मा नेपाल आउने विदेशी पर्यटकको दर्ता र अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ। यसका लागि विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज सार्वजनिक गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नयाँ प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्ने, अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास लिइएको छ। “यसबाट नेपालमा बस्ने विदेशीको गतिविधि व्यवस्थित अभिलेखमा रहनेछ,” उनले भने।

असोज १ देखि अनिवार्य

विभागका अनुसार पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा यो प्रणाली लागू हुनेछ। दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, ट्राभल एजेन्सी र मनी एक्सचेन्जमा लागू गरिनेछ।

सरोकारवालासँग छलफल

नयाँ प्रणालीबारे विभागले होटल संघ नेपाललगायत सरोकारवालासँग हालै छलफल गरेको छ। संघका अनुसार यसबारे लामो समयदेखि बहस भए पनि कार्यान्वयन ढिला भएको थियो। संघले चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।

विभागले प्रणालीमा दर्ता हुने तरिका र ‘म्यानुअल’ आफ्नो वेबसाइटमा राखेको छ। साथै, थप जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ। ७७ वटै जिल्लाका अनुगमन समितिलाई पनि यसबारे पत्राचार गरिसकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय