२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

रुपन्देही क्षेत्र नम्बर–३ को आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे सार्वजनिक प्रश्न उठेपछि स्पष्टीकरण दिएका छन्।

थापाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रुपन्देही जिल्ला अदालतको फैसला कागज प्रस्तुत गर्दै एक पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको प्रमाण सार्वजनिक गरेका हुन्। अदालतको आदेशअनुसार २०७९ माघ १५ गते न्यायाधीश उमेश कोइरालाको इजलासले थापा र उनकी एक पत्नीबीच सम्बन्ध विच्छेद गरेको देखिन्छ।

व्यक्तिगत जीवनबारे खुलासा

“परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा सत्य हो। त्यति नै सत्य मेरो एक श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो,” थापाले लेखेका छन्। उनले सम्बन्ध विच्छेद भएकी श्रीमतीसँग आफ्नो सन्तान रहेको उल्लेख गर्दै आफू पिता भएको कुरामा गर्व व्यक्त गरेका छन्।

आमाबारे भावुक भनाइ

थापाले स्टाटसमा आमा प्रति भावुक सन्देश पनि लेखेका छन्। उनले भने, “रुपन्देही–३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ। पहिलो फ्लाइट लिएर आमालाई उम्मेदवार भएको खुसी सुनाउने र आशीर्वाद लिने मन थियो। सोचेको थिएँ– चिकित्सकका रूपमा गरेका सत्कर्मका कुरा हेडलाइन बन्छन् होला। तर, खैर, जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र!”

उनले थपे, “म आमालाई भेट्न भैरहवामा पुग्नुपर्ने बेला काठमाडौंमा मेरो निजी जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिइरहेको छु।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय