२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

पाकिस्तान सीमासँगै जोडिएको दक्षिण–पूर्वी अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। ६.३ म्याग्निच्युडको भूकम्पले हजारौंलाई घाइते बनाएको अधिकारीहरूले जनाएका छन्।

बीबीसीका अनुसार सबैभन्दा बढी क्षति पहाडी कुनार प्रान्तमा भएको छ। धेरै गाउँहरू पूर्णरूपमा ध्वस्त भएका छन्। स्थानीय बासिन्दाले नुरगल क्षेत्रको मजार दारा गाउँ ९५ प्रतिशत ध्वस्त भएको बताएका छन्। उनका अनुसार “प्रत्येक घरमा पाँचदेखि १० जना घाइते भएका छन्।”

पहिले नै गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकटसँग जुझिरहेको अफगानिस्तानमा यो भूकम्प अर्को ठूलो विपत्ति बनेको हो। उद्धार प्रयास जारी छ तर हजारौं मानिसहरू खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन्।

अधिकारीहरूले मृत्यु संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्। दुर्गम क्षेत्रमा उद्धार टोली पु¥याउन कठिनाइ भएको र उपचारमा समस्या भएको जनाइएको छ।

यसबीच, चीन, भारत, बेलायत र स्विजरल्याण्डलगायतका राष्ट्रहरूले तत्काल सहयोगको घोषणा गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय