२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। महासंघले पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने घोषणाअनुसार यसअघि कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी पार्टी कार्यालयमा पनि धर्ना गरिसकेको छ।

धर्ना कार्यक्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कतिपयले आन्दोलनलाई “रमिता” भनेकोप्रति आपत्ति जनाउँदै यसलाई विद्यालय शिक्षाको उन्नति र भोलिको गुणस्तरीय शिक्षाका लागि भइरहेको महाअभियान भने। “विधेयकलाई उल्टो बाटो हिँडाइएको छ। त्यसलाई सुल्टो बाटो हिँडाउन हाम्रो माग हो,” उनले भने।

सुवेदीका अनुसार, लोकतन्त्रमा आलोचना र अभिव्यक्ति स्वाभाविक भए पनि शिक्षक आन्दोलनलाई रमितामात्र भन्नु गलत हो। उनले चैत्र–वैशाखमा भएको आन्दोलनलाई पनि कतिपयले रमिता भनेको स्मरण गर्दै अहिलेको अभियान भने विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ लक्षित रहेको स्पष्ट पारे।

महासंघले शिक्षा विधेयकलाई संशोधन नगरेसम्म आन्दोलनलाई चरणबद्धरूपमा अघि बढाउने चेतावनी दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय