२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

विश्वको सर्वोच्च शिखर सगरमाथालाई जोगाउन नयाँ प्रविधिको प्रयोग सुरु भएको छ। आरोही र पर्यटकको चापसँगै बढ्दो फोहर समस्यालाई व्यवस्थापन गर्न हाल सगरमाथा क्षेत्रमा ड्रोनमार्फत फोहर सङ्कलन सुरु गरिएको छ।

विद्युतीय सवारी ब्रान्ड बिवाइडीका नेपालका आधिकारिक वितरक साइमक्स इङ्क र नेपाली ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा यो अभियान अघि बढाइएको हो। अभियानअन्तर्गत सगरमाथाबाट एक हजार केजी फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ।

साइमक्स इङ्कका प्रमुख कार्यकारी साहिल श्रेष्ठका अनुसार यो अभियान सामाजिक उत्तरदायित्वको भाग हो। “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी सक्रिय छौँ,” उनले भने।

एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार, ड्रोनले १५ मिटर प्रति सेकेन्डको गतिमा उडान भरी ६,१३० मिटर उचाइसम्मको फोहर आधारशिविरमा ल्याउन सक्छ। पहिले ६–७ घण्टा लाग्ने काम अब १–२ मिनेटमै सम्भव भएको उनको भनाइ छ।

गत वर्ष सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर ड्रोनमार्फत सङ्कलन भएको थियो। यसपटक पनि २८६ केजी फोहर उठाइसकिएको र अब मनास्लु र अन्य हिमाली क्षेत्रमा विस्तार गर्ने योजना रहेको पाण्डाले बताए।

नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष तथा वरिष्ठ आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरूले अझै पनि सगरमाथामा फोहर छाड्ने गरेको भन्दै शुल्क संकलन र कडाइका साथ कार्यान्वयन आवश्यक भएको बताए। “फोहर सङ्कलनमा ठूलो खर्च हुन्छ। प्रविधिको प्रयोगले जोखिम घटाएको छ तर मूल समस्या आरोहीको बानी सुधार नगरेसम्म समाधान हुँदैन,” उनले चेतावनी दिए।

सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा अभियानलाई थप व्यवस्थित बनाइएको छ। यो अभियानलाई जलवायु परिवर्तनविरुद्धको ‘कूल द अर्थ वाइ वान डिग्री’ अन्तर्राष्ट्रिय अभियानसँग जोडिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय