२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो |

गाजामा बुधबार भएको इजरायली आक्रमणमा एक सय १२ जनाको मृत्यु भएको छ। प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार तीमध्ये २४ जना सहायताको खोजीमा रहेका थिए।

मृत्यु हुनेको विवरण अनुसार अलशिफा अस्पतालमा ३६, शेख रादवान क्लिनिकमा पाँच, अलअहली अरब अस्पतालमा १३, अलअवदा अस्पतालमा १२, अल अक्सा शहीद अस्पतालमा छ र नासेर अस्पतालमा ४० जनाको मृत्यु भएको छ।

सन् २०२३ अक्टोबर ७ देखि इजरायली एकाइले गाजा पट्टीमा अभूतपूर्व आक्रमण जारी राखेको छ। यस आक्रमणका कारण अहिलेसम्म ६३ हजार ६३३ जना शहीद, १ लाख ६० हजार ९१४ जना घाइते भएका छन्। तीमध्ये अधिकांश बालबालिका र महिला हुन्। त्यस्तै, ९ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् र सयौँ हजार विस्थापित भएका छन्।

अन्तर्राष्ट्रिय अदालत र विश्व समुदायका आह्वान तथा आदेशलाई बेवास्ता गर्दै जारी राखिएको यस आक्रमणले गाजाको जनजीवन र आधारभूत संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय