२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो |

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि स्याउ ल्याउने गाडीलाई कुनै पनि ठाउँमा चेक नगर्न सरकारसँग अपिल गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शाहीले चार दिनदेखि बन्द रहेको जुम्लादेखि आउने सडकमार्गको अवस्था औँल्याउँदै सडक डिभिजन कार्यालय जुम्लाको एउटा मात्र डोजरले काम गरेकाले बाटो खोल्न पर्याप्त नभएको बताएका छन्। उनले सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई आवश्यक उपकरण राखेर सडक खुलाउन संसदमार्फत आग्रह गरेका छन्।

सांसद शाहीले भने, “बल्ल बल्ल खोलिएको सडकमा राति पहिरो आएपछि स्थिति अझ कठिन भएको छ। स्याउ आउने सिजनमा किसानले ढुवानी गर्न समस्या नहोस् भन्ने उद्देश्यले सडक खुलाउने पर्याप्त उपकरण राख्न अपिल गर्दछु।”

उहाँले प्रहरीको नियन्त्रित चेकमा स्याउ ढुवानी गर्ने किसानसँग सय रुपैयाँसम्म घुस मागिएको भन्दै, “जुम्लाबाट स्याउ ल्याइएको हो, अफिम होइन। त्यसैले गाडीलाई कतै पनि चेक नगरियोस्,” पनि उल्लेख गर्नुभयो।

साथै, भिटिज–भिसा प्रकरणमा निरन्तर आन्दोलनरत रहेको भन्दै आजको प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने सांसद शाहीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय