२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लादेखि स्याउ ल्याउने गाडीलाई कुनै पनि ठाउँमा चेक नगर्न सरकारसँग अपिल गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शाहीले चार दिनदेखि बन्द रहेको जुम्लादेखि आउने सडकमार्गको अवस्था औँल्याउँदै सडक डिभिजन कार्यालय जुम्लाको एउटा मात्र डोजरले काम गरेकाले बाटो खोल्न पर्याप्त नभएको बताएका छन्। उनले सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लालाई आवश्यक उपकरण राखेर सडक खुलाउन संसदमार्फत आग्रह गरेका छन्।

सांसद शाहीले भने, “बल्ल बल्ल खोलिएको सडकमा राति पहिरो आएपछि स्थिति अझ कठिन भएको छ। स्याउ आउने सिजनमा किसानले ढुवानी गर्न समस्या नहोस् भन्ने उद्देश्यले सडक खुलाउने पर्याप्त उपकरण राख्न अपिल गर्दछु।”

उहाँले प्रहरीको नियन्त्रित चेकमा स्याउ ढुवानी गर्ने किसानसँग सय रुपैयाँसम्म घुस मागिएको भन्दै, “जुम्लाबाट स्याउ ल्याइएको हो, अफिम होइन। त्यसैले गाडीलाई कतै पनि चेक नगरियोस्,” पनि उल्लेख गर्नुभयो।

साथै, भिटिज–भिसा प्रकरणमा निरन्तर आन्दोलनरत रहेको भन्दै आजको प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने सांसद शाहीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय