२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

संयुक्त राज्य अमेरिकाले फेरि ३७ जना नेपालीलाई डिपोर्ट गरेको छ। उनीहरूलाई चार्टर विमानमार्फत बिहीबार काठमाडौं ल्याइने बताइएको छ।

डिपोर्ट गरिएका नेपालीहरू बिहीबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छन्। यसअघि पनि २०८२ जेठ २५ गते अमेरिकाले ३७ जना नेपाली डिपोर्ट गरी काठमाडौं पठाएको थियो। त्यसबेला पनि चार्टर विमान प्रयोग गरिएको थियो।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता हालसम्म २१५ जना नेपाली डिपोर्ट भई नेपाल फर्काइसकिएका छन्। ट्रम्पको प्रशासनले आप्रवासीमाथि कडाइ गर्ने नीति लागू गरेकाले कानुनी आधार बिना बसिरहेका नेपाली नागरिकहरू डिपोर्टको जोखिममा रहेका छन्।

विशेषगरी अवैध बाटोबाट अमेरिका प्रवेश गरेका नागरिकहरू डिपोर्टमा पर्ने गरेका छन्। सन् २०२४ मा मात्र पनि अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो। ट्रम्प निर्वाचित भएपछि अवैध रूपमा बसिरहेका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको सूची सार्वजनिक गरिएको थियो, जस्मा १,३६५ नेपाली पनि थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय