२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ अनुसार गत आर्थिक वर्षमा हजारौं व्यक्ति जोखिममा परेका छन्।

नेपाल प्रहरीले मात्र १२७ जनालाई स्वदेश र विदेशबाट उद्धार गरेको छ। त्यस्तै, १० जिल्लामा रहेका पुनर्स्थापना केन्द्रमार्फत ७५८ जना र विभिन्न सङ्घसंस्थामार्फत २,७३२ जना गरी जम्मा ३,४९० पीडितलाई उद्धार र पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।

नेपाल–भारत सीमा नाकासहित विभिन्न स्थानमा रहेका सूचना केन्द्रहरूले सुरक्षाकर्मीहरूको सहयोगमा ४,३०० जनालाई बेचबिखनको जोखिमबाट बचाएका छन्। तीमध्ये ६४.३ प्रतिशत महिला, ३३.४ प्रतिशत बालिका, ०.४ प्रतिशत पुरुष र १.९ प्रतिशत बालक रहेका मन्त्रालयले जनाएको छ।

यससँगै, ७७,५०० जनाले मानव बेचबिखनविरुद्ध परामर्श सेवा प्राप्त गरेका छन्। गत वर्ष मात्र १७ बालिका बेचबिखनमा परे भने ४६ बालिका अपहरणमा परेका थिए। साथै ६,५९० बालबालिका हराएकोमा करिब ५,८३१ जनालाई खोजतलास गरी पारिवारिक पुनर्मिलन गरिएको छ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति र कार्ययोजना तयार पारिँदैछ। यसका लागि संघ, प्रदेश, स्थानीय तह, नागरिक समाज र पीडितहरूसँग छलफल भइरहेको छ।

यस्तै, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ७५३ वटै स्थानीय तहमा २४ हजारभन्दा बढी समिति गठन गरी महिला हिंसा, साइबर अपराध, जबर्जस्ती करणी, बालविवाह, बहुविवाह, दाइजो प्रथा लगायत मुद्दामा जनचेतना अभिवृद्धि गरिएको मन्त्रालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय