
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक अपराह्न ३ बजेका लागि तय गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ। नेकपा एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ।
यसैबीच, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीबीच देखिएको फरक मत पनि आजको बैठकमा उठ्नेछ। महासचिव शंकर पोखरेलले भने दुवै उपाध्यक्षको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति देखिएको स्पष्ट पारेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।