२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै त्यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।

विहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सर्वोच्च अदालतले दिएको आदेशलाई तोडमोड गरेर सरकारले उल्टो बाटो लिएको टिप्पणी गरे। “सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। यसलाई पुनर्विचार गरिनुपर्छ,” थापाले भने।

उनले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने होइन, बरु दुरुपयोग रोक्न र नियमन गर्न छिटो कानुन बनाउनुपर्नेमा जोड दिए। हाल सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको भन्दै उनले सरकारलाई छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्न आग्रह गरे।

“सामाजिक सञ्जाल नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च बनेको छ। कुनै पनि प्रतिबन्धले स्वतन्त्रता र सूचनाको अधिकारलाई सीमित गर्छ,” उनले भने।

थापाले सामाजिक सञ्जाल सुरक्षित बनाउन, साइबर जोखिम घटाउन र नियमनको लागि सन्तुलित तथा विवेकपूर्ण ढंगले अगाडि बढ्न सरकारलाई सुझाव दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय