२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै त्यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।

विहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सर्वोच्च अदालतले दिएको आदेशलाई तोडमोड गरेर सरकारले उल्टो बाटो लिएको टिप्पणी गरे। “सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। यसलाई पुनर्विचार गरिनुपर्छ,” थापाले भने।

उनले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने होइन, बरु दुरुपयोग रोक्न र नियमन गर्न छिटो कानुन बनाउनुपर्नेमा जोड दिए। हाल सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको भन्दै उनले सरकारलाई छिटो काम गरेर उपयुक्त कानुन निर्माण गर्न आग्रह गरे।

“सामाजिक सञ्जाल नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च बनेको छ। कुनै पनि प्रतिबन्धले स्वतन्त्रता र सूचनाको अधिकारलाई सीमित गर्छ,” उनले भने।

थापाले सामाजिक सञ्जाल सुरक्षित बनाउन, साइबर जोखिम घटाउन र नियमनको लागि सन्तुलित तथा विवेकपूर्ण ढंगले अगाडि बढ्न सरकारलाई सुझाव दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय