२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको कडा आलोचना गरेका छन्। उनले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको दाबी गरेका छन्।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले भने, “सरकारले आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। यसै क्रममा संविधानले प्रत्याभूत गरेको अधिकारमाथि ठाडो धक्का दिँदै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिइएको छ।”

उनका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो। “यसले न केवल अभिव्यक्ति स्वतन्त्रता सीमित हुन्छ, बरु वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली र उनका परिवारबीचको सम्पर्क समेत असहज हुन्छ,” उनले लेखे।

प्रचण्डले संसदमा विचाराधीन सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत एकतर्फी निर्णय लिइएको भन्दै आपत्ति जनाए। उनले निर्णय तत्काल खारेज गर्न सरकारलाई आग्रह गरे।

यसअघि प्रचण्ड नेतृत्वकै सरकारले टिकटक बन्द गराउँदा पनि आलोचना खेप्नुपरेको थियो। सामाजिक सञ्जाल नियमनसम्बन्धी निर्देशिका २०८० पनि सोही सरकारले ल्याएको हो। निर्देशिकाअनुसार टिकटक सूचीकरण भएपछि मात्र खुला गरिएको थियो। तर, सूचीकरण नगरेका २६ वटा सामाजिक सञ्जाललाई भदौ १९ गते वर्तमान सरकारले बन्द गर्ने निर्णय गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय