२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको विश्वास जित्न सके आगामी २०८४ सालको निर्वाचनमा एमालेलाई बहुमत प्राप्त गर्नबाट कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बिहीबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पार्टी सदैव जनताको पक्षमा उभिएकै कारण विश्वास बढेको बताए। उनले भने, “नेपाली जनताले कठिन परिस्थितिमा पनि हामीलाई साथ दिएका छन्। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यसहित मिसन ८४ तर्फ अघि बढिरहेका छौँ।”

ओलीले गाली–गलौजले एमाले कमजोर नहुने स्पष्ट गर्दै पार्टीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गरे। सामाजिक न्याय, समानता र विकासलाई केन्द्रमा राखेर समाजवादतर्फ अघि बढिरहेको उनले बताए।

महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पार्टीमा महिलाको सहभागिता र योगदान विशेष रहेको उल्लेख गर्दै कार्यकर्ता तथा जनतालाई अझै सक्रिय र सजग रहन आग्रह गरे। उनले भने, “सबै मिलौँ, पार्टीलाई अझ सुदृढ र लोकप्रिय बनाऔँ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय