२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० वटा समूहबीचको विमर्श सकिएको छ। प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनेका समूहहरूले शनिबार दिनभर छलफल गरी आइतबार प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार समूहगत प्रतिवेदनमा आएका सुझाव, जिज्ञासामा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। कुनै विषयमा सहमति जुट्न नसकेमा मतदानमार्फत टुंगो लगाइनेछ। उनले सकेसम्म सबैको सुझाव समेटेर एकीकृत विधान पारित गर्ने तयारी भइरहेको जानकारी दिए।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यस्तै, विभिन्न परिषद्का अध्यक्षहरूले पनि आफ्ना प्रतिवेदन पेश गरेका थिए।

एमालेले यस पटक ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकमा विशेष दस्तावेज प्रस्तुत गरेको छ। अध्यक्ष ओलीले बहुलता र विविधतालाई सामञ्जस्यसहित अगाडि बढाउने, भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन पार्टीलाई निरन्तर शुद्धीकरण गर्ने र नेपालीपनलाई प्रवर्द्धन गर्ने कुरा दस्तावेजमार्फत स्पष्ट पारेका छन्।

यसैबीच, विधान संशोधन प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमै राख्न अध्यक्ष ओलीले आग्रह गरेका छन्। स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले फरक मत राख्न चाहे पनि समय व्यवस्थापनका कारण आफ्ना विचार पर्चामार्फत वितरण गरेका छन्।

महाधिवेशनको बहसलाई व्यवस्थित गर्न सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट समिति र सचिव योगेश भट्टराईको संयोजकत्वमा राजनीतिक प्रस्ताव लेखन समिति बनाइएको छ। समितिहरूले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे महाधिवेशनको धारणा तय गर्ने जिम्मेवारी पाएका छन्।

एमाले नेतृत्वले यस महाधिवेशनलाई संगठन सुदृढीकरण मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक आधार तय गर्ने अवसरका रूपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय