२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको केही दिनमै सत्ता गठबन्धनका शीर्ष नेताहरू नै फेसबुकमा सक्रिय देखिएका छन् । प्रतिबन्ध लागू गर्ने कार्यमा अगुवाइ गरेको ओली नेतृत्वको सरकारकै सचिवालयका सदस्यदेखि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासम्म फेसबुकमा निरन्तर पोस्ट गरिरहेका छन् ।

देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाएपछि तस्बिरसहित फेसबुकमा पोस्ट गरेका छन् ।

सबैभन्दा ध्यान खिच्ने प्रतिक्रिया भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको हो । उनले कटाक्ष गर्दै लेखेका छन्,
“यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी? सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !!”

सामाजिक सञ्जाल प्रतिबन्धपछि आम नागरिकलाई भीपीएन प्रयोग गर्न कठिनाइ भइरहेको बेला सरकारमै रहेका नेताहरू स्वयंले प्रतिबन्धित प्लेटफर्ममै सक्रिय देखिनुले आलोचना झन् चर्किएको छ । नागरिकहरूले यसलाई ‘दुईवटा मापदण्ड’ (double standard) भन्दै सरकारको निर्णयप्रति प्रश्न उठाएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय