२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपालले अङ्ग प्रत्यारोपण क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको हो । नेपालमै पहिलो पटक एउटै व्यक्तिमा तीन पटकसम्म मिर्गौला प्रत्यारोपण गरिएको यो दुर्लभ घटना भएको छ ।

डा. श्रेष्ठका अनुसार सामान्यतया एक पटकको मिर्गौला प्रत्यारोपण लामो समयसम्म काम गर्छ तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण वा अन्य स्वास्थ्य कारणले असफल हुन सक्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ तर तेस्रो पटक गर्नुपर्ने अवस्था अत्यन्तै दुर्लभ हुने र उच्च जोखिम हुने बताइन्छ ।

चौधरीको पहिलो प्रत्यारोपण सन् २०१५ (वि.सं. २०७२) मा भारतमा भएको थियो भने दोस्रो र तेस्रो दुवै प्रत्यारोपण भक्तपुरमै सम्पन्न भएका हुन् । तेस्रो प्रत्यारोपण ‘पेयर एक्स्चेन्ज’ प्रणाली अन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले छोटो समयमा नेपाल अङ्ग प्रत्यारोपण सेवामा ठूलो फड्को मारेको भन्दै यो उपलब्धिले नेपाललाई विश्वस्तरीय क्षमता भएको प्रमाणित गरेको बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ वर्षमा १,५०२ सफल मिर्गौला प्रत्यारोपण र ३५ कलेजो प्रत्यारोपण गरिसकेको छ । अब केन्द्रले मुटु प्रत्यारोपणको तयारी पनि थालेको जानकारी दिइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय