२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका दुई प्रभावशाली सिनेटरहरूले नेपालमा बढ्दो अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियामार्फत शान्ति कायम गर्न आग्रह गरेका छन् ।

सिनेटर जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र सार्वजनिक सम्पत्तिमा आगजनीलाई अस्वीकार्य ठहर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “हामी पीडित र उनका परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं । नागरिकविरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन आवश्यक छ ।”

सिनेटरहरूले नेपालले पछिल्लो दुई दशकमा नागरिकको योगदान र संघर्षमार्फत हासिल गरेको लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरी समाधान गरेर मात्र सरकारले जनविश्वास जित्न सक्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा शान्त, प्रजातान्त्रिक र गतिशील नेपाल अमेरिकासहित क्षेत्रीय चासोको विषय भएको भन्दै राजनीतिक नेतृत्वलाई संवेदनशील निर्णय लिन आग्रह गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय