२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेन–जेड आन्दोलनपछि लामो समय बन्द रहेका काठमाडौं महानगर क्षेत्रभित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाको शिक्षा विभागले विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकलाई आवश्यक तयारी मिलाएर पठनपाठन सुरु गर्न आग्रह गरेको हो।

महानगरका अनुसार अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्नुपर्ने र अवस्था सामान्य नहुँदासम्म विद्यार्थीलाई सुरक्षित रूपमा विद्यालय ल्याउने–लैजाने कार्य अभिभावकसँग समन्वय गरेर गर्नुपर्नेछ। यसबीचमा विद्यार्थी अनुपस्थित भएमा अनलाइन माध्यम प्रयोग गरेर कक्षा सञ्चालन गर्न सकिने व्यवस्था गर्न विद्यालयलाई भनिएको छ।

सोमबारदेखि पूर्ण पठनपाठन

यही भदौ ३० गते सोमबारदेखि भने विद्यालयहरूले भौतिक रूपमा कक्षा सञ्चालन गर्ने तयारी गर्नुपर्नेछ। यस क्रममा विद्यार्थीलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने, विद्यालय परिसरमा सुरक्षा व्यवस्था गर्ने र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिइएको छ।

महानगरले अभिभावकलाई पनि बालबालिकाको मानसिक स्वास्थ्यप्रति संवेदनशील हुन आग्रह गरेको छ। जेन–जेड आन्दोलनका क्रममा देखिएका घटनाले बालबालिकामा मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले अभिभावक र शिक्षकले संयुक्त रूपमा सहयोग गर्नुपर्ने शिक्षा विभागको भनाइ छ।

यसअघि आन्दोलन र सुरक्षात्मक कारणले काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द गरिएको थियो। विद्यालय पुनः सञ्चालनसँगै विद्यार्थीको सिकाइमा परेको अन्तर कम गर्ने र शैक्षिक सत्रलाई सामान्य अवस्थामा फर्काउने प्रयास अघि बढाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय