२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थमन्त्री नियुक्त गर्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले राज्यबाट उपलब्ध हुने कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्।

खनालले तलब, मन्त्री क्वार्टर, गाडी र व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) समेत नलिई आफ्नो काम गर्ने इच्छा व्यक्त गरेका छन्। हाल मन्त्री पदमा नियुक्ति हुन बाँकी भए पनि उनको नाम टुंगो लागेको छ।

प्रधानमन्त्रीको टोलीले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कम्तीमा पीएसओ राख्न सुझाव दिएको थियो, तर खनालले त्यस आग्रहलाई अस्वीकार गरेका छन्।

पूर्वअर्थसचिव खनालले राज्यको सुविधा नलिई काम गर्नु यो पहिलो पटक होइन। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारका रूपमा पनि उनले कुनै सुविधा नलिई काम गरेका थिए।

खनाल अर्थतन्त्रका गहिरा जानकार मानिन्छन्। केही समयअघि मात्र उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा तत्कालीन केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उनका कार्यशैली र व्यावसायिक निष्ठाले उनलाई सार्वजनिक र राजनीतिक क्षेत्रमा चर्चित बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय