२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थमन्त्री नियुक्त गर्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले राज्यबाट उपलब्ध हुने कुनै पनि सुविधा नलिने घोषणा गरेका छन्।

खनालले तलब, मन्त्री क्वार्टर, गाडी र व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) समेत नलिई आफ्नो काम गर्ने इच्छा व्यक्त गरेका छन्। हाल मन्त्री पदमा नियुक्ति हुन बाँकी भए पनि उनको नाम टुंगो लागेको छ।

प्रधानमन्त्रीको टोलीले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कम्तीमा पीएसओ राख्न सुझाव दिएको थियो, तर खनालले त्यस आग्रहलाई अस्वीकार गरेका छन्।

पूर्वअर्थसचिव खनालले राज्यको सुविधा नलिई काम गर्नु यो पहिलो पटक होइन। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारका रूपमा पनि उनले कुनै सुविधा नलिई काम गरेका थिए।

खनाल अर्थतन्त्रका गहिरा जानकार मानिन्छन्। केही समयअघि मात्र उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा तत्कालीन केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उनका कार्यशैली र व्यावसायिक निष्ठाले उनलाई सार्वजनिक र राजनीतिक क्षेत्रमा चर्चित बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय