२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा सरकारले आज (बुधबार) राष्ट्रिय शोक मनाउने भएको छ। यस अवसरमा नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिइएको छ भने सबै ठाउँमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ।

सरकारले मंगलबार बसेको बैठकमार्फत मृतकको सम्मानस्वरूप शोक मनाउने निर्णय गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकले भोगेको मानवीय क्षति गम्भीर भएको उल्लेख गर्दै “शान्ति, स्थिरता र सुशासनका लागि यो बलिदानलाई सदैव सम्झनुपर्छ” भन्ने धारणा व्यक्त गरेकी छन्।

भदौ २३ गते राजधानी काठमाडौंमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको मागसहित सुरु भएको जेन–जी आन्दोलन हिंसात्मक रूप लिँदा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट देशभर प्रदर्शन फैलिँदा थप झडप भई दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ७२ जनाको ज्यान गएको थियो। सो घटनामा सरकारी तथा निजी सम्पत्ति समेत ठूलो मात्रामा क्षति भएको थियो।

आजको राष्ट्रिय शोकले मुलुकलाई समवेदना र ऐक्यबद्धताको सन्देश दिने अपेक्षा गरिएको छ। सरकारले मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचार सुनिश्चित गर्ने आश्वासनसमेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय