२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

हालैको जेन जेड आन्दोलनका क्रममा आक्रमणमा परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजनीतिक जीवन र पार्टी जिम्मेवारीका क्रममा भएका गल्ती र कमजोरीप्रति सार्वजनिक रूपमा क्षमा मागेका छन्।

संविधान दिवसको सन्देशमा पौडेलले एमालेका विगतका निर्णय र कार्यलाई गम्भीरतापूर्वक समीक्षा गरिने उल्लेख गर्दै आफ्नो हिस्साका कमजोरीको जिम्मेवारी लिँदै क्षमायाचना गरेका हुन्।

उक्त आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे।

आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीबारे निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका उनले क्षतिग्रस्त सार्वजनिक र निजी सम्पत्तिको छिट्टै पुनर्निर्माण गर्न आग्रह गरे।

युवा पुस्तासँग एमालेलाई नजिक ल्याउन, परिवर्तनलाई आत्मसात गर्न र रूपान्तरणको गतिशील शक्ति बन्ने आवश्यकता औंल्याउँदै पौडेलले संगठन, कार्यशैली र व्यवहारलाई जनअपेक्षा अनुसार ढाल्नुपर्ने बताए।

संविधान दिवसको ऐतिहासिक दिनमा सबै नेपालीले एकता र सद्भावका साथ संविधानको रक्षा, अभ्यास र सुदृढीकरण गरी विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय