२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा | मन्त्री र सांसदको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग | ओली–लेखक पक्राउप्रति नेपाल बार एसोसिएसनको आपत्ति: सरकारको निर्णय ‘पूर्वाग्रही’ |

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको जेन जेड आन्दोलनका क्रममा प्रहरीलाई गोली चलाउन सरकारबाट कुनै आदेश नदिइएको स्पष्ट पारेका छन्।

गत साताको आन्दोलनबारे प्रतिक्रिया दिँदै ओलीले सुरुमा शान्तिपूर्ण भनेर घोषणा गरिएको आन्दोलनमा षड्यन्त्रकारी तत्त्व प्रवेश गरेर हिंसा भड्काएको दाबी गरे। उनले त्यसकै कारण युवाहरूले ज्यान गुमाउनुपरेको बताए।

उनले आफ्नै सरकारअन्तर्गतका सुरक्षाकर्मीहरू स्वचालित हतियारले सुसज्जित नरहेको प्रष्ट पार्दै आन्दोलनमा चलेको गोलीबारे सत्य पत्ता लगाउन निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। “प्रहरीसँग त्यस्ता हतियार थिएनन्, छानबिनले वास्तविक दोषी पत्ता लगाउनुपर्छ,” ओलीले भने।

घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे र पीडित परिवारप्रति समवेदना प्रकट गरे। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निष्पक्ष छानबिनमार्फत पीडितलाई न्याय दिलाउन सरकारलाई आग्रह गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय