२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको जेन जेड आन्दोलनका क्रममा प्रहरीलाई गोली चलाउन सरकारबाट कुनै आदेश नदिइएको स्पष्ट पारेका छन्।

गत साताको आन्दोलनबारे प्रतिक्रिया दिँदै ओलीले सुरुमा शान्तिपूर्ण भनेर घोषणा गरिएको आन्दोलनमा षड्यन्त्रकारी तत्त्व प्रवेश गरेर हिंसा भड्काएको दाबी गरे। उनले त्यसकै कारण युवाहरूले ज्यान गुमाउनुपरेको बताए।

उनले आफ्नै सरकारअन्तर्गतका सुरक्षाकर्मीहरू स्वचालित हतियारले सुसज्जित नरहेको प्रष्ट पार्दै आन्दोलनमा चलेको गोलीबारे सत्य पत्ता लगाउन निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। “प्रहरीसँग त्यस्ता हतियार थिएनन्, छानबिनले वास्तविक दोषी पत्ता लगाउनुपर्छ,” ओलीले भने।

घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे र पीडित परिवारप्रति समवेदना प्रकट गरे। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निष्पक्ष छानबिनमार्फत पीडितलाई न्याय दिलाउन सरकारलाई आग्रह गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय