२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जुम्लाको हिमा गाउँपालिकाले जेन–जेड आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणका लागि ११ लाख ४३ हजार २९७ रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा योगदान गर्ने उद्देश्यले शिक्षक, कर्मचारी र जनप्रतिनिधिको तलबभत्ताबाट उक्त रकम संकलन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तीन दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ दिनको तलबभत्ता बराबर रकम कट्टा गरिनेछ।

गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले सहानुभूति र सहयोगको भावनाले प्रेरित भई साझा जिम्मेवारी स्वरूप योगदान गरिएको बताए। “जनताको मर्म बुझ्ने र सुख–दुखमा साथ दिने प्रतिबद्धताअनुरूप पुनःनिर्माणमा सहभागी हुने निर्णय गरिएको हो,” उनले भने।

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय