२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीमा रूपान्तरणको आवश्यकता रहेको बताएकी छिन्।

उनका अनुसार पछिल्लो समय रास्वपाप्रति प्रश्नहरू उठ्न थालेकाले नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रमलगायतका विभिन्न पक्षमा पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गर्न जरुरी छ।

संवेदनशील राजनीतिक परिस्थितिमा जनताले दिएको सुशासनको म्यान्डेटसहित नयाँ नेपाल निर्माणमा रास्वपालाई मुख्य शक्ति बनाउनु पर्ने बताउँदै उनले चारबुँदे प्रस्ताव सार्वजनिक गरेकी छिन्।

कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको रूपान्तरण आवश्यक हुन्छ।”

उनले अन्य राजनीतिक दल, विचार समूह र स्वतन्त्र व्यक्तिसँग संवाद गरी जेन–जेड आन्दोलनको आकांक्षाअनुरूपको परिवर्तनलाई संस्थागत गर्ने मध्यमार्गी राजनीतिक शक्ति निर्माणमा पहल गर्नुपर्नेमा पनि जोड दिएकी छिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय