२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेका बेला बधाईका फोन मात्र नगर्न आग्रह गरेका छन्।

पुनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई मन्त्री भन्नै भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गर्दै खादा–मालासहित बधाई दिन नआउन आग्रह गरेका हुन्। उनले त्यसको सट्टा मन्त्रालयको अधिकारभित्र पाँच महिनाभित्र गर्न सकिने ठोस काम र आइडियाहरू ह्वाट्सएपमार्फत पठाउन नागरिकसँग अपील गरेका छन्।

“मेरो पहिलो घोषणा, कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला, र खादा माला लिएर नआउनुहोला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला,” पुनले भने।

सुझावका लागि खुलेर आह्वान गरेका पुनले आफूलाई ‘मन्त्री’ भन्न मन परे पनि ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्। उनले मन्त्री पद जिम्मेवारी र चुनौतीको अवसर भएको भन्दै बधाईभन्दा बढी कामका प्रस्ताव र सुझाव नै आफ्नो प्राथमिकता भएको बताए।

सुशीला कार्की नेतृत्वको नयाँ मन्त्रिपरिषदमा पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाउने तयारी भइरहेको छ। यसअघि पनि पुनले आविष्कार केन्द्रमार्फत विज्ञान, प्रविधि र उद्यमशीलतामा योगदान दिँदै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय