२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपालीहरूको महान् चाड बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। घटस्थापनाको अवसरमा आज बिहान काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ।

यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ९ बजेर १३ मिनेट निर्धारण गरिएको थियो। उक्त समयमा जौं छरेर जमरा राख्ने कार्य सम्पन्न गरिएको हो। जमरा राख्ने क्रममा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएर समारोहलाई थप भव्य बनाएको थियो।

परम्पराअनुसार आज बिहानै नदी वा चोखो स्थलबाट ल्याइएको माटोमा घडा (कलश) स्थापना गरी त्यसमा जौं छरिन्छ। यही जौंको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ।

हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीका अनुसार, घटस्थापनापछि नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको आह्वान गरी पूजा गरिनेछ। यस अवधिमा दैनिक बलि दिई दुर्गा देवीको आराधना गर्ने र मंगल धुन बजाउने परम्परा निरन्तर रहनेछ।

यस वर्ष विजयादशमी असोज १६ गते पर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाका लागि बिहान ११ बजेर ५३ मिनेटको शुभसाइत तोकेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय