२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि नयाँ मन्त्रीहरूको सिफारिस गरिएको हो।

सिफारिसअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

यस्तै, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय र संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिएको छ।

नयाँ मन्त्रीहरूको सपथ आज (सोमबार) हुने छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय