२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

लगातारको वर्षा र बाढी–पहिरोका कारण देशभरका ६ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६९ सडकखण्डमा मात्र एकतर्फी यातायात सञ्चालनमा छ। सडक विभागले द्रुत गतिमा मर्मतकार्य गरिरहेको भए पनि दशैं नजिकिँदै गर्दा यात्रुहरू अझै असुविधामा परेका छन्।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) मा मर्मतकार्य तीव्र भइरहेको बताउँदै आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएका छन्।

अहिले ठप्प रहेका राजमार्गहरूमा प्रमुख रूपमा ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग), चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) र काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) छन्।

विशेष गरी कोशी र अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। कोशी राजमार्गमा वरुण नदीको डाइभर्सन बग्दा र पुल निर्माण अपूरो रहँदा सञ्चालन सम्भव भएको छैन। यसैगरी तमोर नदीमा बनेको बेलिब्रिज साउन ६ गतेको बाढीले बगाएपछि यातायात रोकिएको छ।

दशैं नजिकिँदै गर्दा उपत्यका प्रवेश र बाहिरिने यात्रुहरूको चाप बढ्दो छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्व लक्षित सडक सुधार छिटो गर्न सरकारसँग आग्रह गरेका छन्।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माका अनुसार देशभर चार लाख वर्ग मिटर खाल्टाखुल्टी सुधार गर्नुपर्ने देखिएको छ। दसैं लक्षित सुधार अभियानअन्तर्गत बढी चाप पर्ने राजमार्गलाई प्राथमिकता दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय